काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था प्रशंसा गर्न लायक नरहेको बताएका छन्।
नेपाल इन्जिनियर्स एशोसियसनले ६२ औं इन्जिनियर्स डेका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको अवस्था विग्रँदो रहेको र यसलाई बदल्नुपर्ने बताएका हुन्।
‘देश प्रशंसा गर्न लायक छ, देशको इतिहास प्रशंसा गर्न लायक छ। देशको गौरवपूर्ण इतिहास प्रशंसा गर्न लायक छ। भविष्य उज्जवल छ।’ प्रधानमन्त्री ओलीले भने, ‘तर आज सन्तोष मान्न खुशी हुने अवस्था छैन । यो अवस्थालाई बदल्नै पर्छ।’