प्रधानमन्त्री ओलीको पहिलो निर्णय: कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नती गर्ने

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै कीर्तिपर क्रिकेट रंगशालाको स्तरोन्निति गरेर सुविधा सम्पन्न गराउने निर्णय गरेका छन् ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथग्रहण गरेपछि प्रधानमन्त्री कार्यालय पुगेका उनले ३ सय दिनभित्र उक्त रंगशालामा दर्शक बस्न मिल्ने प्याराफिट, रात्रीकालीन खेलका लागि फ्लडलाईट जडान गर्ने लगायत आवश्यक संचरना बनाउने निर्णय गरेका हुन् । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको उक्त रंगशाला क्रिकेट एसोशिसएन अफ नेपाल (क्यान) ले सम्झौता गरेर सञ्चालन गर्दै आएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको