प्रधानमन्त्रीमा ओलीलाई गरेको नियुक्ति विरूद्ध सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको उपधारा २ अनुसार नयाँ सरकार गठन गर्न गरेको आह्वान र प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई गरेको नियुक्ति संविधानविपरित भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ।

राष्ट्रपतिले गरेको सरकार गठनको आह्वान, त्यसअनुसार जारी पत्र र सपथ रोक्न माग गर्दै अधिवक्ता दीपक अधिकारी, खगेन्द्र चापागाईं र शैलेन्द्रकुमार गुप्ताले रिट दिएका हुन्।

उक्त रिट सर्वोच्चमा दर्ता भएको र साउत ६ गतेलाई पेशी तोकिएको सहायक प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको