एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं ।  नेकपा एमालेको सचिवालय बैठक बुधबार बस्दैछ। बैठक बिहान १ज्ञ बजे पार्टी कार्यालय च्यासलमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। मंगलबार बोलाइएको बैठक बुधबारका लागि सारिएको हो।

सचिवालय बैठकमा पछिल्लो राजनीतिक परिघटना, पार्टी कामको व्यवस्थापन र सरकार लगायत विषयमा छलफल हुनेछ। विशेषगरी असार १७ गते राति नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा भएको समझदारीबारे बैठकमा छलफल हुनेछ।

यस्तै पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने विषयमा पनि आज बैठकले निर्णय गर्ने गौतमले बताए। यसअघि फरक जिल्ला कार्यक्षेत्र रहने गरी गरिएको कार्यविभाजन परिवर्तन हुनेछ। यसअन्तर्गत जिल्ला र जनसंगठन इन्चार्ज परिवर्तन हुने प्रचार विभाग प्रमुख गौतमले बताए।

एमालेले यसअघि नै संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरेको थियो। अभियानबारे पनि सचिवालय बैठकले निर्णय गर्ने बताइएको छ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको