इच्छाकामना-७ भालुमारामा संचालित ६ महिने निशुल्क सिलाइ कटाइ तालिम सम्पन्न

चितवन । सेवा अहिले नेपाल काठमाडौको आयोजनामा संचालित ६ महिने निशुल्क सिलाइ कटाइ तालिम सम्पन्न भएको छ । इच्छाकामना वडा नं.७ भालुमारामा संचालित तालिममा सो वडा का २३ जना विपन्न महिलाहरुको सहभागीता रहेको थियो ।

सो निशुल्क तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई निशुल्क सिलाइ मेशिन समेत प्रदान गरिएको थियो । सस्थाका राष्ट्रिय निर्देशक अर्जुन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र र सिलाइ मेशिन प्रदान गरिएको थियो ।

सो अवसरमा संस्थाका चितवन कोअर्डिनेटर ईश्वर कुमार श्रेष्ठ, सस्थाका सदस्य शोभा ढकाल, तालिम प्रशिक्षक चाँदनी चेपाङ, तालिममा, प्रशिक्षार्थी सुनिता चेपाङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो संस्थाले यस अगाडि पनि कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका क्षेत्रका विभिन्न बस्तीमा सोही प्रकारको तालिम उपलब्ध गराइसकेको छ । संस्थाले यस अगाडि विपन्न बस्तीका स्कुल र गाउँहरुमा छात्रवृत्ति वितरण, न्यानो कपडा, खाद्यान्न, झुल लगायतका सामग्रीहरु पनि सहयोग गर्दै आएको संस्थाका कोअर्डिनेटर ईश्वर कुमार श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको