कास्कीमा पहिरोले घर पुरिँदा २ बालबालिकाको मृत्यु

पोखरा । लगातारको वर्षापछि आएको पहिरोमा परी कास्कीमा छुट्टाछुट्टै स्थानमा २ जनाको मृत्यु भएको छ । मादी गाउँपालिका- ५ चितेपानीका प्रकाश रानाभाटको घर पहिरोले नै पुरिएर १३ वर्षीय आयुश्मा रानाभाट मृत्यु भएको हो ।

यस्तै पोखरा महानगरपालिका २८ आरुपाटाका हरि सुनारको घर पहिरोले पुरिँदा३ वर्षीय अनमोल सुनार मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब पौने २ बजेतिर उनीहरुको घरमाथिबाट पहिरो खसेको थियो । घरमा रहेका अन्य सदस्य भने सशकुल उद्धार गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको