
चितवन । भरतपुर महानगरपालिका–१२ स्थित एक घरमा एसी जोड्ने क्रममा करेन्ट लागेर एक जना घाइते भका छन् । स्थानीय स्मृती पाण्डेको घरमा एसी जोड्ने क्रममा वीरगञ्ज घरभई यहाँ डेरागरी बस्ने ४२ वर्षीय दिपेन्द्र कुमार सिङलाई सोमवार बेलुका ५ बजे करेन्ट लागेको प्रहरीले बताएको छ ।
करेन्ट लागेर घाइते भएका सिङको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ । घाइतेको अवस्था मध्यम रहेको छ ।