कालिका-४ मा एकहप्ते मुढा बनाउने तालिम सुरु

चितवन । सीप विकास कार्यक्रम अन्तर्गत कालिका वडा नं. ४ ले आजदेखि एकहप्ते मुढा बनाउने तालिम आयोजना गरेको छ । तालिमको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले उद्घाटनगर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख रेग्मीले सीपको विकासले नागरिकहरु आत्मनिर्भर बन्नेहुँदा नगरपालिकाले सीपमूलक कार्यक्रमलाई प्राथमिकतादिँदै आएको बताउनुभयो । नगर सभाको तयारी भैरहेको जानकारी दिँदै नगर प्रमुख रेग्मीले नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यृक्रममा पनि यस्ताखालका सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो ।
महिला लक्षित बजेट, कृषि लक्षित बजेट ल्याउने तयारीमा नगरपालिका रहेको उहाँले जानकारी दिनुभयो ।

वडा नं. ४ को कार्यालय परिसरमा तालिम आयोजना गरिएको हो । गाउँघरमा सहजै पाइने बाँसबाट मुढा बनाएर आर्थिक लाभ लिन सकिने भएकाले स्थानीयलाई स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना गरिएको वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठले जानकारी दिनुभयो ।

वडा सदस्य बाबुराम शर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नगर उप प्रमुख विमला तामाङ, कार्यपालिका सदस्य ज्योती सुनार, नगरपालिकाका सामाजिक विकास अधिकृत समेत रहनुभएका सूचना अधिकारी प्रकाशचन्द्र पौडेल लगायत उपस्थित थिए । कार्यक्रम वडा नं। ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको हो ।

मुढा बनाउने तालिममा गैडाकोटकी सुस्मीता थापा र नन्दी थापाले सहजिकरण गरिरहनुभएको छ । तालिममा कालिका वडा नं. ४ का २२ जनाले तालिममा सहभागिता जनाएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको