नवलपुर । नवलपरासी पूर्व ( नवलपुरको) विनयी त्रिवेणी गाउँपालिका –७ त्रिवेणी स्थित गण्डक ब्यारेज पुलबाट नारायणी नदीमा खसेर एक जना बालिकाको मृत्यु भएको छ । विनयी त्रिवेणी – ७ निवासी चन्दन गुप्ताकी १३ बर्षीया छोरी आँचल गुप्ताको नारायणी नदीमा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पुलमा खेल्ने क्रममा उनी एक्कासी नदीमा खसेकी थिइन । स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि भारतको सुरबी मेडिकल कियरमा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
बालिकाका बुवाले बालिकाको शव पोस्टमार्टम गर्न नपर्ने भनेपछि मृतकका परिवारले शव बुझेर दाहसंस्कारका लागि लगेको प्रहरीले जनाएको छ ।