युरो २०२४ आजदेखि, उद्घाटन खेलमा आयोजक जर्मनीले स्कटल्याण्डसँग खेल्ने

काठमाडौं । मिनी विश्वकप भनिने युरोकप फुटबल प्रतियोगिताको १७औं संस्करण आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा आयोजक जर्मनीले स्कटल्याण्डसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार राति १२:४५ बजे म्युनिखस्थित एलिएन्ज एरेनामा सुरु हुनेछ । अघिल्लो संस्करण जस्तै यस पटक पनि युरोमा २४ राष्ट्रको सहभागिता रहनेछ । सहभागी २४ टिमलाई ६ समूहमा विभाजन गरेर खेलाइनेछ । हरेक समूहमा ४-४ टिम छन् ।

प्रतियोगिता लिग कम नकआउट शैलीमा खेलाइनेछ । समूह चरणमा ६ समूहको गरी कूल ३६ खेल हुनेछन् । हरेक समूहको शीर्ष दुई टोली सिधै अन्तिम १६ मा प्रवेश गर्नेछन् । यस्तै तेस्रो हुने ६ मध्ये उत्कृष्ट ४ टोलीले पनि अन्तिम १६ मा स्थान बनाउनेछन् । अन्तिम १६ देखि फाइनलसम्म नकआउट चरणमा १५ खेल हुनेछ र युरोमा कूल ५१ खेल हुनेछ ।

युरो २०२४ समूह विभाजन

समूह ए : जर्मनी, स्कटल्याण्ड, हंगेरी, स्वीट्जरल्याण्ड

समूह बी : स्पेन, क्रोएसिया, इटली, अल्वानिया

समूह सी : इंग्ल्याण्ड, डेनमार्क, सर्विया, स्लोभेनिया

समूह डी : फ्रान्स, नेदरल्याण्ड्स, पोल्याण्ड, अष्ट्रिया

समूह ई : बेल्जियम, स्लोभाकिया, रोमानिया, युक्रेन

समूह एफ : पोर्चुगल, टर्की, चेक रिपब्लिक, जर्जिया

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको