कालिकामा ५५ जना एकल महिलालाई बाख्राको पाठी वितरण

चितवन । कालिका नगरपालिकामा ५५ जना एकल महिलाहरुलाई आय-आर्जनका लागि बाख्राको पाठीवितरण गरिएको छ ।

प्रत्येक वडाका पाँच पाँचजना एकल महिलाहरुलाई प्रजनन् योग्य बाख्राको पाठी वितरण गरिएको हो । कालिका नगरपालिका वडा नं. ८ गैरिबारी स्थित लगनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाको परिसरमा एक कार्यक्रमको आयोजना गरी बाखा्र वितरण गरिएको हो ।

बाख्राको पाठी वितरण कार्यक्रममा बोल्दै कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले नगरक्षेत्रभित्रका एकल महिलाहरुलाई उत्पादन, आयआर्जन र उद्यमशीलतामा जोड्ने उद्देश्यले बाख्राको पाठी वितरण गरिएको जानकारी दिनुभयो । सीमित बजेटका कारण प्रति व्यक्ति एकवटा मात्रै बाख्राको पाठी व्यवस्थापन गर्न सकिएको भएपनि यसको राम्रो लालनपालन गरेर मनग्ये आम्दानीगर्न आग्रहगर्नुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतमले एकल महिलाहरु स्वाबलम्बी बन्न सक्नुस भनेर बाख्राको पाठी वितरण गरिएको बताउनुभयो । सम्बृद्ध कालिका र सुखी कालिकाबासी भन्ने नारालाई सार्थक तुल्याउन सकियोस भन्ने उद्देश्यले सानो कोसेली स्वरुप नगरपालिकाले नगरभित्रका एकल महिलाहरुलाई बाख्राको पाठी वितरण गरिएको जानकारी दिनुभयो ।


बाख्रामा कुनै रोग लागेमा वा समस्या आएमा नगरपालिकाको पशुसेवा कार्यालयले सम्पर्कगर्न अनुरोध गर्नभयो । नगरपालिका एकल महिलाहरुको हरेक समस्या वा अफ्ठारो अवस्थामा सहकार्यगर्न तयार रहेको स्पष्टपार्नुभयो ।
प्राप्त बाख्राको पाठीलाई राम्रोसँग पालन पोषण गरेर यसलाई आम्दानीको स्रोतको रुपमा विकासगर्न समेत उहाँले आग्रहगर्नुभयो । कार्यक्रम नगर उपप्रमुख विमला तामाङको अध्यक्षतामा आयोजना गरिएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको