चितवन । गर्मीका बढे सँगै कालिका नगरपालिका भित्रका विद्यालयमा दुई दिन बिदा दिइएको छ ।
नगरपालिकाले सोमबार सूचना जारी गर्दै यहि जेठ २९ र ३० गते विद्यालयमा बिदा दिएको जनाएको छ ।
अत्याधिक गर्मी बढ्न गइ पठन–पाठनमा असहज हुनुका साथै विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्न सक्ने अवस्था रहेकोले भन्दै नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयलाई विदा दिएको सूचनामा जनाइएको छ ।