कालिकामा विपद् व्यवस्थापन सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम

चितवन । वर्षातकाे बेला आउन सक्ने विपद्लाई लक्षित गरेर कालिका नगरपालिकाले विपद् व्यवस्थापन सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम आयाेजना गरेको छ । महिला संजालकाे सभाहलमा आयाेजना गरिएकाे कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, नगरप्रहरी, रेडक्रसकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू कार्यक्रममा सहभागी छन् ।

कार्यक्रममा बाेल्दै नगर उपप्रमुख विमला तमाङले विपद् व्यवस्थापनकाे पूर्व तयारीगर्नुपर्ने बेला भएकाले याे कार्यक्रम आयाेजना गरिएकाे जानकारी दिनुभयो । वर्षातकाे समय भएकाले विपद् जतिबेला पनि आउन सक्ने भएकाले विपद् व्यवस्थापनमा सबैजनाकाे हातेमालो र सहकार्य आवश्यक रहेको स्पष्टपार्नुभयाे । पूर्व तयारी गरिए विपद् वाटहुन सक्ने क्षतिलाई न्यूनिकरण गर्न सकिने बताउनुभयाे । कार्यक्रम वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयाेेजक वीरेन्द्र तामाङकाे अध्यक्षतामा आयाेजना गरिएको हाे ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको