नयाँदिल्ली । भारतको प्रधानमन्त्रीमा नियुक्त नरेन्द्र मोदीले आइतबार तेस्रो कार्यकालका लागि शपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई शपथ गराएकी हुन् ।
लोकसभा निर्वाचनमा भाजपाले एकल बहुमत नल्याएपछि मोदी नेसनल डेमोक्रेटिक अलायन्सको तर्फबाट प्रधानमन्त्री बनेका हुन् । गत मंगलबार चुनावी परिणाम घोषणा भएको थियो । उनलाई गत शुक्रबार राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् । मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसहित दक्षिण एसिया विभिन्न मुलुकका राष्ट्रप्रमुख र प्रधानमन्त्रीहरू पुगेका छन् । मौरिससका राष्ट्रपति पनि शपथ समारोहमा उपस्थित छन् ।