चितवनको सौराहालाई हनिमुन सिटी बनाऔँ: सांसद गुरुङ

काठमाडौं ।  नेपाली कांग्रेसका सांसद धनराज गुरुङले चितवनको सौराहामा हनिमुन सिटी बनाउन माग गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद गुरुङले पर्यटन प्रवद्र्धनका लागि चितवनको सौराहामा हनिमुन सिटी बनाउनुपर्ने बताएका हुन्।

उनले नवविवाहित जोडीहरु घुम्न जाने शहरको रुपमा हनिमुन सिटी बनाउनुपर्ने उनले बताए। त्यस्तै, रारा तालमा १ हजार जोडी अट्ने हनिमुनसिप बनाउनुपर्ने पनि उनको भनाइ छ।

उनले रारालाई पनि हनिमुन मनाउन जाने ठाउँको रुपमा विकास गर्नुपर्ने बताए। यसो गरेमा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने सांसद गुरुङको भनाइ छ। उनले आगामी दिनमा डाँडामा भ्युटावर बनाउनु नहुने पनि बताए।

उनले भने ‘यसमा एउटा कुरा अझै पुगेन। वेडिङ हब्स पनि भयो। बर्थिङ हब्स पनि भयो। अब एउटा हनिमुन हब्स भएन। हनिमुन सिटी भएन। हनिमुन सिटी पनि कहीँ न कहीँ राखिदिँदा के फरक पर्छ? चितवनको सौराहामै हनिमुन सिटी बनाइदिऊँ। विवाहित जोडीहरु त्यहाँ जान्छन्। नव दुलाहा, दुलही त्यहाँ जान्छन्। हात्ती चढ्छन्। घुम्छन् । त्यसैले हनिमुन सिटी। रारा ताल मात्रै हेर्न जानुभन्दा पनि त्यहाँ एउटा हनिमुनसिप बनाइदिऊँ। १ हजार जोडी अट्ने सिप बनाइदिऊँ। यसरी पर्यटन प्रवद्र्धन गर्दै जानुपर्छ।’

उनले गाँजाबाट औषधिजन्य वस्तुको उत्पादन गरेर निर्यात गर्नसके २ खर्ब राजश्व उठ्ने बताए। त्यस्तै घरेलु मदिराको ब्राण्डिङ गरे २ खर्ब रुपैयाँ, जडिबुटी खेतीबाट २ खर्ब रुपैयाँ र गैरकानुनी कारोबार बन्द गरेमा २ खर्ब रुपैयाँ राजस्व उठ्ने बताए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको