चितवनमा कुन पालिकाले कति पाए बजेट ?

चितवन । संघीय सरकारले चितवनका सात पालिकालाई ५ अर्ब बढी अनुदान दिएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को बजेटमा अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तर्गत चितवनका सात पालिकालाई ५ अर्ब ३३ लाख रुपैयाँ अनुदान दिएको हो ।

जसमा सबैभन्दा बढि भरतपुर महानगरले १ अर्ब ८९ करोड ४७ लाख अनुदान पाएको छ । भने कालिका नगरपालिकाले संघीय सरकारबाट जम्मा ४५ करोड १५ लाख अनुदान पाएको छ ।

त्यसैगरी खैरहनी नगरपालिकाले ४८ करोड ४९ लाख रुपैयाँ अनुदान पाउने भएको छ । माडी नगरपालिकाले ४८ करोड ९९ लाख अनुदान पाउने अर्थ मन्त्रालयले जनाएको छ ।

रत्ननगर नगरपालिकाले ६१ करोड ३५ लाख रुपैयाँ अनुदान पाएको छ । राप्ती नगरपालिकाले ५९ करोड ४६ लाख अनुदान पाएको छ ।

इच्छाकामना गाउँपालिकाले ४७ करोड ४२ लाख रूपैयाँ अनुदान पाएको छ । संघीय सरकारबाट आगामी आर्थिक वर्ष २०८१ र ८२ का लागि समानीकरण, विशेष र समपूरक अनुदानमार्फत यी रकम दिएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको