इच्छाकामनाका २०० घरपरिवारलाई झुल वितरण

चितवन । इच्छाकामनाका २०० घरपरिवारलाई झुल वितरण गरिएको छ । बुधबार सेवा अहिले नेपाल संस्थाले इच्छाकामना-७ का २०० घरपरिवारलाई झुल वितरण गरेको हो ।

लामखुट्टेको टोकाइबाट बच्न झुल वितरण गरिएको संस्थाका कोडिनेटर इश्वर श्रेष्ठले बताए । कार्यक्रम संस्थाका राष्ट्रिय निर्देशक अर्जुन ढकालको अध्यक्षतामा भएको थियो ।

संस्थाले यस अगाडि चितवनको ईच्छाकामना र कालिकामा निशुल्क सिलाईकटाई तालिम, विपन्न बस्तीका स्कुल र गाउँहरुमा छात्रवृत्ति वितरण, न्यानो कपडा, खाद्यान्न, झुल लगायतका सामग्रीहरु पनि सहयोग गर्दै आएको श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको