चितवनमा लागुऔषधसहित ३ जना पक्राउ

चितवन ।  चितवनमा लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराले राप्ती नगरपालिका वडा नम्बर ५ स्थित भण्डाराबाट हिजो प्रहरीले १०७ एम्पुल लागुऔषध सहित तीन जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ सिद्धलेक गाउँपालिका ६ घर भई हाल जिल्ला भण्डारामा बस्दै आएका २७ बर्षिय सुजन बिश्वकर्मा, नवलपरासी (सुस्त पुर्व) प्रतापपुर गाउँपालिका ६ बस्ने २६ बर्षिय धर्मराज केवट र भारत स्थायी घर भई भण्डारा बस्दै आएका ४२ बर्षिय धुर्व विश्वकर्मा रहेका छन् । लागुऔषध कारोबार गर्ने सूचना थाहा भएपछि प्रहरीले खानतलासी गर्दा उनीहरुको डेरामा लागुऔषध फेला परेको चितवन प्रहरीले जानकारी दिएको छ । उनीहरुको साथबाट लागुऔषध डाईजेपाम ३८ एम्पुल, फेनारागन ३२ एम्पुल र ब्युप्रिनुफिर्न ३७ एम्पुल गरि जम्मा १०७ एम्पुल लागुऔषध फेला परेको छ । प्रहरीले अदालतबाट सात दिनको म्याद थप गरेको अनुसन्धान अगाडि बढाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको