चितवन। गृह मन्त्रालयले बुधबार एकैपटक चितवनसहित १६ जिल्लाका सीडीओसहित २५ सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।
गृहमन्त्री रवि लामिछानेको मन्त्रीस्तरको निर्णयबाट चितवनसहित १६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तहका २५ उच्चपदस्थ कर्मचारी सरुवा भएको हो । चितवनमा ईन्द्रदेव यादव आउने भएका छन भने यसअघिका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको सिन्धुपालचोक सरुवा भएको छ ।











