काठमाडौँ । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ । एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन भएको हो ।
समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान रहेका छन् । समितिको नाम ‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ राखिएको छ ।
संसदीय छानबिन समितिको क्षेत्राधिकार तोक्न गठित कार्यदलले मंगलबार दिउँसो ४ बुँदे कार्यादेश तय गरेको छ । साथै समितिको कार्यावधि पनि ३ महिना तोकिएको छ ।









