धुम्रपान तथा मध्यपानमा फेरि बढ्यो कर

काठमाडौं । सरकारले यो वर्ष पनि धुम्रपान तथा मध्यपान पदार्थमा कर बढाएको छ। मंगलबार प्रस्तुत गरिएको बजेट भाषणको क्रममा अर्थमन्त्री वर्षमान पुनले कर बढ्ने बताएका हुन्।

जसअन्तर्गत मदिरा, बियर, सुर्तीमा अन्त:शुल्क बढाइएको छ। त्यस्तै चुरोटमा लगाइएको अन्त:शुल्क दरमा वृद्धि गरिएको उल्लेख छ। बियरमा हाल १ लिटर बराबर २३५ रूपैयाँ अन्त:शुल्क लाग्दै आएकोमा २४० रूपैयाँ पुर्‍याइएकाे छ।

बियर बाहेककाे अल्काेहलमा हाल ४४४ रूपैयाँ अन्त:शुल्क लागेकाेमा ४६० पुर्‍याइएकाे छ। यस्तै चुराेटकाे अन्त:शुल्क ४ प्रतिशत बढाइएकाे छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको