काठमाडौँ । कार्यसूचीमै प्रवेश नगरी शुक्रबारको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले आजको बैठक स्थगित गरेका हुन् ।
सभामुख घिमिरेले अर्को बैठक आइतबार बिहान ११ बजेका लागि बोलाएका छन् । शुक्रबार कार्यसूचीमा प्रवेश नगर्दै कांग्रेस सांसदहरूले उठेर विरोध गरिरहे । सभामुख घिमिरेले आफूले सांसदहरूलाई बोल्न दिएन भनेर दलहरूले प्रचार गरेको भन्दै आपत्तिसमेत जनाए । उनले सरकारको नीति तथा कार्यक्रम पारित गर्नुपर्ने भएकाले पनि सदन चलाउन सहयोग गर्न प्रतिपक्षी दललाई अनुरोध गरेका थिए ।









