चितवनमा कपास उद्योगमा आगलागी

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित मङ्गलपुरको एक कपास उद्योगमा आगलागी हुँदा करिब ९ लाख बराबरको क्षति भएको छ । रौतहट जिल्ला माधवनगर नगरपालिका वडा नम्बर १ स्थायी घर भई हाल मङ्गलपुरमा बस्ने कौशल किशोर यादवको मंगलरपुर कपास प्रशोधन केन्द्रमा विद्युत् सर्ट भई आगो लागेको हो ।

आज बिहान साँढे २ बजेको समयमा आगो लागेको र उक्त आगो प्रहरी स्थानीय र दमकलको सहयोगमा साँढे ३ बजेर २० मिनेटमा पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आगलागीबाट उद्योग पूर्ण रुपमा नष्ट भएको र करिब ९ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको