सुनको भाउ तोलाको १ लाख ४० हजार पुग्यो

काठमाडौं । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। आज प्रतितोला १६ सय रुपैयाँ बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो। आज छापावाला सुनको भाउ १ लाख ४० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि १ लाख ३९ हजार रुपैयाँ पुगेर सुनको भाउले रेकर्ड कायम गरेको थियो। उक्त रेकर्ड मूल्य आज तोडिएको हो।

बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजाबी सुन १ लाख ३९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।

आज प्रतितोला चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको