धनगढी । गायक रवि ओड प्रहरीको नियन्त्रणमा छन्। कञ्चनपुर प्रहरीका अनुसार गायक ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन्।
उनीविरूद्ध श्रीमतीले गत चैत २१ गते वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन्। त्यतिबेला ओड नेपालमा थिएनन्। गत विहीबार उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी उमेश जोशीले जानकारी दिए।
प्रहरी कार्यालयमा उपस्थित भएपछि उनीमाथि अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद थप गरिएको डिएसपी जोशीले बताए। ‘४ दिनदेखि हिरासतमा छन्। प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने।









