चितवन । भरतपुरमा इलेक्ट्रिक स्कुटर आफै अनियन्त्रित भई पल्टिदा ६५ वर्षिय पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार बिहान करिब ९ बजेर २० मिनेटको समयमा कटहर चोकबाट चौबिसकोठी तर्फ जाँदै गर्दा सो दुर्घटना भएको थियो ।
स्कुटर चालक भरतपुर– ७ कटहर चोक बस्ने अन्दाजी ६५ वर्षिय खडक राज पाध्य सुवेदीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा बुधबार दिउँसो करिब ३ बजेर ४० मिनेट जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटना पश्चात सुवेदीको टाउको र शरीरमा गम्भीर चोट लागेको थियो ।









