कोमल हृदय प्रतिष्ठानद्वारा कालिकाका विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री र खाजा वितरण

चितवन । कोमल हृदय प्रतिष्ठानले चितवनको कालिका नगरपालिकाका विभिन्न विद्यालयमा पढने २६६ जना विद्यार्थीलाई शैक्षिक सामाग्री र खाजा वितरण गरेको छ । प्रतिष्ठानले मंगलबार विद्यालयहरुमै पुगेर कापि, सिसाकलम र प्रति विद्यार्थी ५ किलो चिउरा र दालमोट वितरण गरेको हो ।

प्रतिष्ठानले गरिब, विपन्न तथा पछाडि परेको समुदायलाई सहयोग गर्दै आईरहेको छ । राष्ट्रिय मा.वि सिद्धी, माझवाङ, पृथ्वि मा.वि, जुटपानि आधारभुत विद्यालय, जनहित राष्ट्रिय आधारभुत विद्यालयका गरिब, विपन्न तथा पछाडि परेको समुदायका २६६ जना विद्यार्थीलाई शैक्षिक सामाग्री र खाजा वितरण गरेको संस्थाका चितवन कोअर्डिनेटर ईश्वर श्रेष्ठले जानकारी दिए । संस्थापक अध्यक्ष अर्जुन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिका उद्यम विकास सहजकर्ता सर्मिला वस्याल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक, अभिभावकलगायतको उपस्थिति रहेका थियो ।

संस्थाले यस अगाडि चितवनको ईच्छाकामना र कालिकामा निशुल्क सिलाईकटाई तालिम, विपन्न बस्तीका स्कुल र गाउँहरुमा छात्रवृत्ति वितरण, न्यानो कपडा, खाद्यान्न, झुल लगायतका सामग्रीहरु पनि सहयोग गर्दै आएको श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको