काठमाडौँ । सत्तारुढ जनता समाजवादी पार्टी विभाजित भएको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जनाउँदै संघीय परिषद्का अध्यक्ष अशोक राईको नेतृत्वमा विभाजित भएको हो ।
संघीय संसद्का ७ जना सांसद सहित २९ जना केन्द्रीय कार्यकारीणी सदस्यहरू दल दर्तका लागि निर्वाचन आयोगमा निवेदन दिएको सांसद प्रदीप यादवले जानकारी दिए । विभाजित दलमा सहभागी हुनेमा संघीय सांसदहरूमा अशोक राई, सुशिला श्रेष्ठ, प्रदीप यादव, नवलकिशोर साह, रञ्जुकुमारी झा, विरेन्द्र महतो र हसिना खान छन् ।









