पत्रकार महासंघको निर्वाचन २६ जेठमा हुने

काठमाडौं । नेपाल पत्रकार महासंघले नयाँ नेतृत्व चयनका लागि आगामी जेठ २६ गते निर्वाचन गर्ने भएको छ। काठमाडौंमा सम्पन्न २७ औं महाधिवेशनले जेठ २६ गते निर्वाचन गर्ने घोषणा गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए।

महाधिवेशनले निर्वाचनका लागि सम्पूर्ण तयारी गर्न पनि महासंघलाई निर्देश गरेको छ। सदस्यता शुद्धीकरणसम्बन्धी सबै विषय महासंघको विधान र शुद्धीकरण मापदण्ड २०७९ अनुसार बैशाख महिनाभित्रै टुंगो लगाई सार्वजनिक गर्न पनि महाधिवेशनले निर्देश गरेको छ। महाधिवेशनपछि जारी १८ बुँदे घोषणापत्रमा कानुन निर्माणका क्रममा रहेका मिडियासम्बन्धी विभिन्न विधेयकहरुलाई पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता हुनेगरी मिडियामैत्री बनाउन माग गरिएको छ।

पछिल्लो पटक सर्वोच्च अदालतले प्रकाशित समाचार सामग्री हटाउन लगाउने, पुनः प्रकाशन/प्रसारणमा समेत बन्देज गर्ने तथा समाचारको विषयलाई फौजदारी अपराधका रुपमा मुद्दा चलाउने निर्णय गर्नु संविधान विपरीत रहेको ठहर गर्दै महासंघले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न पनि माग गरेको छ।

हेर्नुहोस् घोषणापत्र

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको