काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने गरी प्रदेश सभा बैठक २३ गते दिउँसो ३ डाकिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
नेकपा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।
अधिकारीले वैशाख २४ गतेसम्म विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।









