इलाम । प्रतिनिधिसभा सदस्यका लागि भएको इलाम–२ उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । साढेँ चार हजार मत गन्न बाँकी छदैँ एमाले उमेदवार सुहाङ नेम्वाङको जित निश्चित भएको छ ।
प्राप्त पछिल्लो तथ्यांक अनुसार नेकपा एमाले उमेदवार सुहाङ नेम्वाङले २६ हजार ४० मत पाएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका डम्बर खड्काले २० हजार १६ मत पाएका छन् । यी र्दुईबीच ६ हजार २४ को मतान्तर छ ।
तेस्रो स्थानमा रहेको स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार २२३ मत पाएका छन् । चौथौमा रहेका रास्वपा उमेदववार मिलन लिम्बुले चार हजार ६५२ मत पाएका छन् ।
हालसम्म ६४ हजार ८७६ मत गणना भएको छ । यहाँ इलाम नगरपालिका वडा नम्बर ९ र १२ को मात्र गणना गर्न बाँकी छ । यी दुई वडाको गणना जारी छ । यहाँ चार हजार ४११ मत गन्न बाँकी छ ।









