विराटनगर । इलाम क्षेत्र नम्बर २ को मतगणना ११ बजेबाट शुरु हुने भएको छ । अहिले बिहान बसेको सर्वदलिय वैठकले ११ बजेबाट मतगणना शुरु गर्ने निर्णय गरेको हो ।
मतगणना फाकफोकथुम गाँउपालिकाबाट शूरु गर्ने समेत निर्णय भएको छ । बैठकमा सहभागिका अनुसार मत पेटिका भण्डारण गरिएको आधारमा गणना हुने छ । फाकफोकथुमन पछि चुलाचुली,माङ्सेवुङ्, माई, दउमाइ र अन्तिममा इलाम नगरपालिकाको मत गन्ने सहमति भएको छ ।









