काठमाडौं । झापाको शिवसताक्षीमा जीप र मोटरसाइकल ठाेक्किँदा मोटरसाइकलमा सवार तीनैजनाको मृत्यु भएको छ।
बुधबार बिहान शिवसताक्षी- ८ स्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट सुरुंगातर्फ आउँदै गरेको मे३प ५००१ नं को १५० सीसीको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–००१ च ९३२९ नं को बोलेरोसँग ठक्कर खाएको हो।
दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनैजना गम्भीर घाइते भएका थिए। बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै गर्दा बाटोमै मृत्यु उनीहरूको भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णबहादुर चन्दले जानकारी दिए। मोटरसाइकलले ‘ओभरटेक’ गर्ने क्रममा दुर्घटना भएको प्रहरीको अनुमान छ।
मृतकको पहिचान खुल्न बाँकी छ। प्रहरीले बालेरोका चालकलाई नियन्त्रणमा लिएको डीएसपी चन्दले जानकारी दिए।









