यूएईमा बाढीमा परी चितवनका एक युवाको मृत्यु

चितवन । युनाइटेड अरब इमिरेट्स (यूएई)मा आएको बाढीमा परेर चितवनका एक श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुर महानगरपालिकाका मोहन पुनको बाढीमा परेर मृत्यु भएको हो ।

सरकारी कार्यालय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी दिन नसकिएको दूतावासको भनाइ छ । मृतक पुन भिजिट भिसामा यूएई पुगेको दूतावासले जनाएको छ । यूएईको शारजाहबाट अजमान जाने बाटोमा रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको बेल क्याफे रेष्टुरेन्टमा काम गर्दथे । यूएईमा तीन दिनदेखि निरन्तर पानी परेर बाढी आइरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको