एमाले चितवनको ११औँ अधिवेशन जेठमा हुने, अध्यक्ष ओलीले उद्घाटन गर्ने

चितवन । नेकपा एमाले चितवनको ११औँ जिल्ला अधिवेशन आगामी जेठमा हुने भएको छ । एमाले चितवनको बिहीवार बसेको जिल्ला कमिटीको बैठकले २०८१ जेठ १०, ११ र १२ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

अधिवेशनले १२० सदस्यिय नयाँ जिल्ला कमिटी चयन गर्ने छ । अधिवेशन गर्नको लागि विभिन्न उपसमितिहरु गठन गरिएको नेकपा एमाले चितवनको प्रचार विभाग प्रमुख प्रकाश ढुंगानाले जानकारी दिए ।

जिल्ला अधिवेशनको पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने उनले बताए । उनका अनुसार पार्टी अध्यक्षको समय मिलाएरै अधिवेशनको मिति तोकिएको हो ।

जिल्ला अधिवेशन पछि पालिका अधिवेशन हुने छ । १०औँ जिल्ला अधिवेशनबाट रामप्रसाद न्यौपानेको अध्यक्षतामा जिल्ला कमिटी चयन भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको