एसीसी प्रिमियर कप: नेपाल र मलेसिया खेल्दै

काठमाडौँ । एसिसी प्रिमियर कप अन्तर्गत आज नेपालले मलेसियासँग खेल्दैछ । आजदेखि ओमानमा सुरू हुने एसिसी प्रिमियर कप प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले पहिलो खेल मलेसियासँग खेल्न लागेको हो।

ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि खेल सुरू हुने क्यानले जनाएको छ। प्रतियोगितामा १० वटा टिमहरु सहभागी रहेका छन । समूह ‘ए’ मा रहेको नेपालसँगै मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन्।

खेल टी-२० फर्म्याटमा हुनेछ । ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी–२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको