लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आरको दोश्रो राष्ट्रिय अधिवेशन भोलि चितवनमा हुदै

चितवन । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरको दोश्रो राष्ट्रिय अधिवेशन भोली शनिवार चितवनको नारायणगढमा हुदैछ । अधिवेशनले लायन बर्ष २०२४–०२५ को नेतृत्व चयन गर्नेछ । मुल आयोजक समितिकी संयोजक लायन दुर्गा लक्ष्मी श्रेष्ठ का अनुसार बिभिन्न २४ वटा समिति तथा उप समितिहरुले आफ्नो सम्पस्र्ण कार्यहरु सम्पादन गरीसकेको बताउनुभयो ।

श्रेष्ठका अनुसार अधिवेशनको समुद्घाटन राष्ट्रिय सभाका अध्यक्ष सम्माननिय नारायण प्रसाद दाहालबाट हुनेछ । कार्यक्रममा जिएटी एरिया लिडर खगेन्द्र सिटौला, मल्टिपल काउन्सिल चियरपर्सन सि बि चन्द लगायतको उपस्थित रहने छ ।

अधिवेशनले डिष्ट्रिक गर्भनर, प्रथम भाईस डिष्ट्रिक गर्भनर, द्धितिय भाईस डिष्ट्रिक गर्भनरलाई निर्वाचित गर्नेछ । लायन अन्तराष्ट्रियको नियमावली अनुसार निर्वाचित गर्भनरको कार्यकाल १ बर्षको हुनेछ । अर्थात जुलाई १ गतेबाट कार्यकाल शुरु भई शुरु भई जुन ३० सम्म हुनेछ । लायन्सका सबै डिष्ट्रिक तथा क्लबहरुले कार्यकाल सकिनुभन्दा करिब ३ महिना अगाडी नै अघिवेशन गर्ने परम्परा छ । सोही अनुसार डिष्ट्रिक ३२५ आरको चैत्र २४ गते निर्वाचन हुन लागेको हो ।

गर्भनर पदमा दिनानाथ न्यौपाने, प्रथम भाईस डिष्ट्रिक गर्भनर पदमा नवराज सापकोटाको एकल उम्मेदवारी परेको छ भने द्धितिय भाईस डिष्ट्रिक गर्भनरमा भने लायन प्रभाकर पण्डित र कमल प्रसाद श्रेष्ठ बिच प्रतिस्पर्धा हुनेछ ।

अधिवेशनमा १३५७ जनाको प्रत्यक्ष सहभागिता रहनेछ । डिष्ट्रिक ३२५ आरका कोषाध्यक्ष सञ्जयनाथ जोशीले भन्नुभयो “ डिष्ट्रिक ३२५ आरमा १९८ जना मतदाता भएपनि समयमा क्लबको नबिकरण नगरेका कारण २९ वटा क्लब÷मतदाता मतदानका लागी बन्चित भएका छन । ”

सन १९१७ मा अमेरिकामा लायन्स क्बलको स्थापना भएको थियो । नेपालमा भने १९७१ अगष्ट ९ मा स्थापना भएको लायन्स क्लब अफ बिराटनगर पहिलो लायन्स क्बल हो । हाल नेपालमा १५ बटा डिष्ट्रिक रहेका छन् । ति डिष्ट्रिकहरुमा करिब ४०,००० लायन सदस्यहरु रहेका छन् । संसारभरी १३ लाख ५० हजार भन्दा धेरै लायनका सदस्यहरु रहेका छन् ।

सन १९८२ मा स्थापना भएको लायन्स क्लब अफ नारायणगढ चितवनको पहिलो र नेपालको तेहैं पुरानो लायन्स क्लब हो । डिष्ट्रिक ३२५ आरमा २०८० चैत्र १ गते सम्म १६७ बटा क्लब र ३८५५ जना लायन सदस्यहरु छन् ।

डिष्ट्रिक ३२५ आरमा काठमाडौंका केही, चितवन र नवलपुर क्षेत्रका सबै लायन्स क्लबहरु समेटिएका छन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको