दोहा । तनहुँ सेवा समाज कतारले “नेपालीहरुको नयाँ वर्ष २०८१ तथा ईस्लाम धर्मावलम्बीहरुको महान पर्ब ईद उल फितरको” शुभ अवसरमा अप्रिल ११ तारिकमा बहुउद्देश्यीय अक्षय कोषको सहयोगार्थ बृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । साँस्कृतिक कार्यक्रम दोहास्थित होटल होलिडेकोको सभाहलमा हुनेछ ।
कार्यक्रममा नेपालदेखि आमन्त्रित ख्याती प्राप्त कलाकारहरु लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी, गायक बसन्त बिस्वकर्मा तथा दोहामा प्रख्यात कलाकारहरुका साथमा बिबिध मनोरन्जनात्मक प्रस्तुतिहरु रहने छ। गण्डकी क्षेत्र सेरोफेरोमा चर्चित कौरा ( चुट्का ) मुख्य रुपमा तनहुको चिनारी भनेर समाबेस गरिएको छ, विशेष गरेर मौलिक कला संस्कृति सङ्ग प्रत्यक्ष जोडिएको बिधाका दिग्गज लोक तथा दोहोरी क्षेत्रका कलाकारहरु बसन्त बि.क र अस्मिता डल्लाकोटीको दोहोरी लाईभ भिडन्त हुने तनहुँ सेवा समाज कतारका अध्यक्ष पदम गिरिले बताए। उनका अनुसार कार्यक्रम सभाहल ब्यबस्थापन, स्वयं सेवक, प्रसाशनिक तयारी देखि यातायात सेवा सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।
“सबल र सम्रिद्द जिल्ला निर्माणमा प्रवासीको योगदान,सहयोग र सद्भाव सबैमा तनहुँ सेवा समाजको अभियान” भन्ने मुल नाराका साथ सन : २००४ मा कतारमा स्थापित तनुङ्गेहरुको साझा संस्था तनहुँ सेवा समाज दोहा कतारले स्थापना कालदेखिनै प्रबास लगायत गृहजिल्लामा बिबिध सामाजिक र परोपकारी कार्यहरु गर्दै आईरहेको छ । कतारमा स्थापित जिल्ला सस्थाहरु मा सामाजिक कार्यका लागि तनहु सेवा समाज अग्र पंतिमा आउदछ। बिशुद्द परोपकारी कार्यको सहोगार्थ आयोजित कार्यक्रमलाई भब्य र सव्य रुपमा सफल पार्नका लागि उक्त मितिमा कुनै पनि कार्यक्रमहरु तय गरि नजुधाईदिनुहुन महासचिब सन्तोष रेग्मीले आग्रह गरेका छन । रेग्मीले कार्यक्रम सफल पार्न सबैले आ-आफ्नो ठाउबाट सहयोग गरिदिनुहुन बिनम्र अनुरोध समेत गरेका छन् ।









