काठमाडौं । नेपाली कांग्रेसले इलाम क्षेत्र नम्बर २ मा डम्बरबहादुर खड्का र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने लगभग सहमति भएको छ।
चार दिनसम्म छलफल गर्दा पनि सभापति देउवा आफूनिकटका खड्का र सिंहलाई नै उम्मेदवार बनाउनुपर्नेमा अडिग देखिएका छन्।
इलाम २ मा उम्मेदवार सिफारिस भएकाहरूसँग बिहीबार बिहान सभापति देउवालगायत पदाधिकारीले निवास बूढानीलकण्ठमा छलफल गरेका थिए।









