देश विकास गर्न र स्थिरता दिन कांग्रेस-एमाले एक हुनुपर्छः नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशमा राजनीतिक स्थिरता दिन र विकास गर्न नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनुपर्ने बताएका छन्। बिहीवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले देश अप्ठ्यारो अवस्थामा रहेकाले राजनीतिक स्थिरता र विकासका लागि कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्ने बताएका हुन्।

‘संविधान बनाउन नेपाली काँग्रेस र एमाले नै चाहियो। त्यसलाई ध्यानमा राखेर देशलाई स्थिरता दिने र विकास दिने हो भने नेपाली काँग्रेस र एमाले एक ठाउँमा उभिनुपर्छ,’ उनले भने। कोइरालाले गठबन्धनको सरकारले देशको आर्थिक विकास हुने सम्भावना नरहेको जिकिर गरे।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको