चितवन । काठमाडौंबाट गोरखा जाँदै गरेको टयाक्सी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । १ जना बेपत्ता भएका छन । आज बिहान बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक बालिका, २ पुरूष र २ महिला छन्।
मृतकहरुको नामावलीः-
१.ट्याक्सी चालक जिल्ला गोर्खा गोर्खा न.पा.७ बस्ने अं.बर्ष ३५ को अर्जुन शिर्मल ।
२.ट्याक्सीमा सवार जिल्ला गोर्खा गोर्खा न.पा. ७ बस्ने अं.बर्ष ४१ की हरिमायां रोकाय ।
३.ट्याक्सीमा सवार ऐ.ऐ बस्ने अ.बर्ष ७० की जुनकिरी रोकाय ।
४.ट्याक्सीमा सवार ऐ.ऐ.बस्ने अं.बर्ष २८ की अन्जना रोकाय ।
५.ट्याक्सीमा सवार ऐ.ऐ बस्ने अं.बर्ष ९ को बालक आगमन नगरकोटी ।
६.बेपत्ता भएको जि.गोरखा गोरखा न.पा.७ बस्ने बर्ष १८ को दिवश रोकाय हाल सम्म फेला नपरेको,खो.त.कार्य भई रहेको ।









