चितवनमा स्कुटर अनियन्त्रित भई पल्टिँदा घाइते भएका युवाको उपचारको क्रममा मृत्यु

चितवन । भरतपुर महानगरपालिका–२१ विजय चोकमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका युवाको उपचारको क्रममा मृत्यु भएको छ । भरतपुर–१५ सूर्यनगर बस्ने २६ वर्षीय अनिश गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

चैत १० गते राति ११ः५० बजेको समयमा प्र.३–०३–००१ प १४४९ नम्बरको स्कुटर आफै अनियन्त्रित भई पल्टिँदा गुरुङ घाइते भएका थिए ।उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेकामा हिजो साँझ ७ बजेको समयमा मृत्यु भएको प्रहरीले बताएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको