रत्ननगरमा चैत १७ गते राप्रपाको आमसभा: अध्यक्ष  लिङदेनले सम्बोधन गर्ने

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वी चितवनको रत्ननगरमा यही चैत १७ गते शनिबार आमसभा हुने भएको छ । राप्रपा चितवन क्षेत्र नं १ क्षेत्रीय समितिले आयोजना गरेको सो सभामा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन लगायतका केन्द्रीय स्तरका नेताहरले सम्बोधन गर्ने छन् ।

सौराहाचोक र टाँडीचोकमा रहेको रत्ननगर बसपार्कमा विहान ११ बजेबाट कार्यक्रम सुरु हुने छ । क्षेत्रीय समितिले सोमबार रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरि आमसभाको तयारीको बारे जानकारी गराएको हो । आमसभामा पार्टी केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे, पार्टी प्रबक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय कार्यसम्पादन सदस्य दिपक सिंहले सम्बोधन गर्ने क्षेत्रीय अध्यक्ष बलराम खनालले जानकारी दिए ।

आमसभामा अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान राजनीतिक अबस्था र राप्रपाको धारणा सार्वजनिक गर्ने क्षेत्रीय अध्यक्ष खनालले बताए । आम सभाको तयारी पूरा भगको र पूर्वी चितवनका घरघरमा निमन्त्रणा पठाइएको छ । ठुलादलहरु प्रति जनताको वितृष्णा बढिरहेका बेला राप्रपाले आम सभा मार्फत राजनीतिक कार्यदिशा जनतालाई बुझाउन कार्यक्रम आयोजना गरेको हो ।

पत्रकार सम्मेलन नेताहरु जिल्ला सदस्य हरि अधिकारी, गणेशजंग रायमाझी, यानप्रसाद डल्लाकोटी, प्रदेश समितिका सहसचिव माधव भट्टराई, प्रदेश ‘ख’ समिति अध्यक्ष, हरिशरण भट्टराई रत्ननगर नगर समितिका अध्यक्ष गोविन्द कँडेल, खैरहनी नगर समितिका अध्यक्ष देबराज कँडेल, राप्ती नगर समितिका अध्यक्ष गोपाल पाण्डे लगायतको सहभागिता रहेको थियो ।

यसैबीच सो पार्टीले सोमबार रत्ननगरमा होलीमिलन कार्यक्रम गरेको छ ।कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरुले एकआपसमा रंग दलेर शुभकामना साटासाट गरेका थिए । कार्यक्रममा बागमती प्रदेश समितिका उपाध्यक्ष प्रदेश सांसद ज्ञानजंग लामा लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको