चितवन । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले राष्ट्रिय महत्व र गौरवको परियोजना शक्तिखोर औद्योगिक क्षेत्र निर्माणका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपि ओलीसँग भेट गरी छलफल गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटार मै पुगेर उनले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीसँग भेट गरी विकास निर्माण, नगरमा रोकिएका बजेट, अपाङ्गता भएका बालबालिका सहज तरिकाले पढ्न पाउनुपर्ने समावेशी विद्यालय स्थापना, त्रिशुली डाईभर्सन तथा विभिन्न विषयमा छलफल गरेका हुन ।
भेटमा मेयर रेग्मीले राष्ट्रिय महत्व र गौरवको परियोजना शक्तिखोर औद्योगिक क्षेत्र छिटो बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । भेटघाटका क्रममा त्रिशूली डाइभर्सन, सामान्नीकरण अनुदान, समावेशी स्कुल स्थापनालगायत समग्र नगरको विकासका विषयमा प्रधानमन्त्री दाहालसमक्ष पहलकदमीका लागि अनुरोध गरिएको नगरप्रमुख रेग्मीले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताउनुभयो ।
यो परियोजनाको अहिलेका प्रधानमन्त्री प्रचण्डले ७ बर्ष अगाडि घोषणा गरेका थिए । भेटमा अर्थमन्त्री वर्षमान पुन, नेकपा एमालेका उप महासचिव विष्णु रिजाल, नेकपा एमालेका केन्द्रिय सदस्य कपिल पोखरेल, राष्ट्रिय बहिरा महासंघका पूर्व अध्यक्ष केपी अधिकारी, डा. बाबुराम ढुङ्गाना समेत सहभागि थिए ।









