चितवनमा एमालेले बाघचाल प्रतियोगिता गर्दै

चितवन । जनतासँग एमाले अभियानअन्तर्गत चैत १७ गते चितवनमा बाघचाल प्रतियोगिता हुने भएको छ । नेकपा एमाले भरतपुर महानगरपालिका–२१ वडा कमिटीले भेटवाल चौतारो देविदर्शन टोलमा प्रतियोगिता गर्न लागेको हो ।

लोप हुन लागेको बाघचाल खेललाई संरक्षण गर्दै नयाँ पुस्तालाई चेतना दिन प्रतियोगिता गर्न लागिएको बागमती प्रदेश जनसांस्कृतिक महासंघको इन्चार्ज अश्विन घिमिरेले  बताए । उनले भने, ‘यसले एकातिर नागरिकसँगको सम्पर्क कायम गर्छ भने अर्काेतिर लोप हुन लागेको परम्परागत खेललाई पुर्नस्थापित गर्नेछ ।’ बाघचाल सस्तो खेल हो, घिमिरेले भने, “यो खेल चौतारामा नै ढुंगाले कोरेर छेस्का र ढुंगा प्रयोग गरेर खेल्न सकिन्छ ।” बागमती प्रदेश जनसांस्कृतिक महासंघको इन्चार्ज घिमिरे कै सक्रियतामा यो प्रतियोगिता हुन लागेको हो ।

दिलकुमार श्रेष्ठको संयोजकत्वमा हुने प्रतियोगितामा व्यक्तिगत प्रतिस्पर्धा हुनेछ । यो खेलमा इच्छुक व्यक्तिहरुले एमाले वडा कमिटीमा नाम टिपाउन सक्ने जनाइएको छ । विजयी खेलाडीलाई पुरस्कारको व्यवस्था मौलाकालिका केबलकारले गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको