सञ्जय चौधरी, चितवन । नगर उप प्रमुखसंग बालबालिका कार्यक्रम अन्र्तगत चैत्र ४ गते आइतवार कालिका नरपालिकाका नगर प्रमुख विनोद रेग्मी, उप प्रमुख बिमला तामाङ, प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतम, महिला बालबालिका शाखा प्रमुख सम्झना ढकाल, महिला विकाश निरिक्षक सविना श्रेष्ठ, पालिकाका कर्मचारी सहितको टोली शैक्षिक सामाग्री वितरण गर्न चितवनको कालिका नगरपालिका वडा नं. ११ सैपाममा रहेको श्री शुभ शान्ति राष्ट्रिय आधारभूत विद्यालय पुग्नुभयो ।
विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने क्रममा नगर प्रमुख विनोद रेग्मीको नजर एक बालकमाथि पर्यो । बालक विद्यालयको छेउमा च्यातिएका पाईट र मैला च्यादर मात्रै ओढेर उभिएका थिए । नगर प्रमुख रेग्मीले सोध्नुभयो तपाईको नाम के हो छोरा ? बालकले झट्ट जवाफ दिनुभयो मेरो नाम सलमन प्रजा हो भनेर । नगर प्रमुखले फेरी सोध्नुभयो तपाई कति कक्षामा पढ्नुहुन्छ ? कति वर्षको हुनुभयो ? बालकले जवाफ दिनुभयो यसै विद्यालयमा कक्षा १ मा पढ्छु, म १० वर्षको भए भनेर । बालकले ओढेको मैला च्यादर उघारने क्रममा नगर प्रमुखले बालक सलमनको हातमा लुगाको टालोले बाधेको देख्नुभयो । नगर प्रमुखले पुनः बालकलाई सोध्नुभयो यो हात के भएको हो छोरा ? किन यसरी बाधेको ? बालक सलमनले जवाफ दिए । खेल्दाखेरी लडेको हो । अहिले हात दुखेर हजुरबुबाले हातमा लुगाको टालोले बाधिदिनु भएको भनेर जवाफ दिनुभयो ।

नगर प्रमुख रेग्मीले विद्यालयका शिक्षक तथा शिक्षिकाहरुलाई बालकको बारेमा सोधपुछ गर्ने क्रममा बालकको विद्यालयमा खेल्दा खेल्दै हात भाच्चिएको थाहा पाउनुभयो । बुबाको निधन र आमा अर्को विवाह गरेको हुनाले बालक सलमान प्रजा (चेपाङ) र उहाँका ११ वर्षीया दिदी रिनुमाया प्रजा मामा घरका हजुरबुबा र हजुरआमासंगै बस्दै आउनुभएको र आर्थिक अभावका कारण बालकको उपचार हुन नसकेको खबर थाहा पाए लगतै नगर प्रमुख रेग्मीले बालकको निःशुल्क उपचार गरिदिने बाचा पनि गर्नुभयो ।
बालकका हजुरबुबा विरमन प्रजा (चेपाङ) लाई नगर प्रमुखले विद्यालयमा बोलाएर बालकको उपचार निःशुल्क रुपमा गरिदिने बचन दिनुभयो । साथै बालकलाई उपचार गर्न नगरपालिकाको कार्यालय सम्म आउँने जाने खर्च नगर प्रमुख आफैले दिएर त्यहाबाट बिदा हुनुभयो ।
श्री शुभ शान्ति राष्ट्रिय आधारभूत विद्यालयका प्राधानाध्यापक झलक भट्टको पहलमा यी बालकलाई सैपामबाट अस्पतालसम्म ल्याई आईतवार उपचार गराउन सफल भएको हो । बालकको उपचार गर्न नगर प्रमुख स्वयम आफै संगै नगर अस्पताल पुग्नुभयो । १० वर्षीया बालक सलमान प्रजाले कालिका नगर अस्पतालमा निःशुल्क उपचार पाएकाछन् ।

उनको सम्पूर्ण उपचार खर्च नगर प्रमुखले तिरिदिनुभएको हो । उहाँको हातमा अहिले प्लाष्टर गरिएको अस्पतालका डाक्टर सोप्रिल शर्माले बताउनुभयो । लगातार ५ दिन सम्म हात तलतिर झारेको हुनाले हात सुन्निएको र दुखाई धेरै भएको पाईएको उहाँको भनाई छ । विद्यालयमा खेल्दा खेल्दै हाथ भाच्चिएर घाइते भएका १० वर्षीया सलमान प्रजाले ५ दिनपछि आइतवार कालिका नगर अस्पतालमा उपचार पाएका हुन् । आर्थिक अभावका कारण उपचार गर्न नसकेर घाइते नातीको हातमा टालोले मात्र बेरेर विद्यालय पढ्न पठाएका हजुरबुवा विरमन प्रजा (चेपाङ) निशुल्क रुपमा नातीको औषधी उपचार गर्न पाउदा खुशी हुनुभयो ।

बालकको सम्पूर्ण निःशुल्क उपचार कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले गरिदिनुभएको छ । आफ्नै कार्यकक्षमा ल्याएर आफैले अस्पताल पुर्याई उपचार गरिदिनुभयो ती बालकको नगर प्रमुख रेग्मीले । पठन पाठनको ब्यबस्था, खाद्यान्न, लत्ता कपडाको व्यस्था पनि मिलाइ दिनुभयो । सानो झुपडीमा अभाव नै अभावमा बाचेका यस्ता कयौको दुखमा साथ दिनुभएको छ नगर प्रमुखले ।
यस्तै, चैत्र १ गते विहीवार नगर उप प्रमुखसंग बालबालिका कार्यक्रम अन्र्तगत शैक्षिक सामाग्री वितरण गर्ने क्रममा कालिका नगरपलिका वडा नं. ११ स्थित वाङथलामा भेटीएकी १ महिने शिशुको समेत भरतपुरको आँखा अस्पतालमा पुर्याइ नगर प्रमुख रेग्मीले निशुल्क आँखाको उपचार गरिदिनुभएको छ । बिकाश निर्माण साथसाथै दिन दुखिहरुले सेवा पाएपछि नगरवासिहरुले नगर प्रमुखको रुपमा एउटा अभिवाक भेटेको पक्कै महशुस गरेका छन् ।









