इलाम–२ मा हुने उपनिर्वाचनमा एमालेबाट सुहाङसहित ६ जनाको नाम सिफारिस

इलाम । इलाम–२ मा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले सुबास नेम्वाङका छोरा सुहाङ नेम्वाङसहित ६ जनाको नाम सिफारिस गरेको छ ।

इलाम जिल्ला कमिटीको आइतबार बसेको सचिवालय बैठकले ६ जनाको नाम सिफारिस गरेको हो । सिफारिस हुनेमा सुहाङ नेम्वाङ, रविन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, रिपल राई र देवी क्षेत्री दुलाल रहेका छन् । शनिबार पार्टी कार्यालय इलाममा आकांक्षीहरू बीच सहमति जुटाउने उद्देश्यले बैठक राखिए पनि कसैले आवेदन फिर्ता लिन मानेनन् ।

सहमतिको प्रयास विफल भएपछि सबै जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गरिएको जिल्ला सचिव उमेश गुरुङले जानकारी दिएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको