घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँले मूल्य घटाएको हो ।

यससँगै अब नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रो वर्गमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रो वर्गमा १५७ र तेस्रो वर्गमा १५८ रुपैयाँ पुगेको छ ।

घटेको मूल्य रातिदेखि लागू भएको  निगमले जानकारी दिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको