सबै कम्युनिष्ट शक्ति एकीकृत हुनैपर्छ: माधव नेपाल

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हित र जनजीविकाका लागि सबै कम्युनिष्टहरु एकीकृत हुनुपर्ने बताएका छन्। पार्टीनिकट महिला सङ्घद्वारा आज आयोजित भेलामा उनले कम्युनिष्ट विचार बोकेका सबै दल मिलाउने पक्षमा आफ्नो पार्टी रहेको बताउँदै त्यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि जनताको आर्थिक तथा सामाजिक रुपान्तरण हुन नसकेको बताउँदै उनले सबै कम्युनिष्टलाई गोलबद्ध गराएर देश बनाउन र जनतालाई गरिबीबाट मुक्त बनाउनुपर्नेमा जोड दिए।

अध्यक्ष नेपालले देशमा छरिएका सबै कम्युनिष्टलाई मिलाएर बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि आफ्नो पार्टीले जस्तो पनि त्याग गर्न तयार रहेको प्रस्ट पारे।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको