काठमाडौं । विश्वव्यापी गैरआवासीय नेपाली संघ (जीएनआरएनए) हङकङको प्रथम अधिवेशन सम्पन्न भएको छ।
हङकङस्थित रोयल रिगल होटलमा सम्मन्न अधिवेशनले पूर्णबहादुर रानाको अध्यक्षतामा १४ जनाको कार्यसमिति गठन गरेको छ ।
ऐतिहासिक रुपमा सम्पन्न पहिलो अधिवेशनबाट सम्पूर्ण कार्यसमिति निर्विरोध रुपमा चयन भएको हो ।
समितिको उपाध्यक्षमा सुस्मिता मल्ल र आकाश बन्जारा, महासचिवमा सागर थापा, सचिवमा खेडुप लामा तथा कोषाध्यक्षमा ज्ञान गुरुङ चयन भएका छन् ।

त्यसैगरी महिला संयोजकमा भने विव्य गुरुङ र युवा संयोजकमा अन्जना राई चुनिएका छन्। जीएनआरएनएको सदस्यहरूमा, दिपेन गुरुङ, अस्मी गुरुङ, करिश्मा राई, संगीता घले, निर्मल गुरुङ र क्रान्ति राना चयन भएका छन् । हङकङका लागि नेपाली महावाणिज्यदूत डा. उदयबहादुर रानामगरको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष डा. शेष घले (अस्ट्रेलिया) विशेष अतिथिका रुपमा उपस्थित भएका थिए । कार्यक्रको अध्यक्षता भने त्रिलोक गुरुङले गरेका थिए । 
झण्डै २०० जनाको उपस्थित रहेको कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समवन्य परिषद् (आईसीसी) का उपाध्यक्षद्वय थर्क सेन (युके) र भोमा लिम्बू (अस्ट्रेलिया), आईसीसी ब्रान्ड एम्बासडर दिपेश खत्री (जर्मन), हङकङ नेपाली महासंघका अध्यक्ष रिता गुरुङ लगायतको उपस्थिति रहेको थियो।









